फेसबुक : जति साथी, उति तनाव

फेसबुकमा तपाइंका मित्र कति छन्? फेसबुकको सञ्जालमा धेरै साथी हुनुलाई सामाजिक सञ्जालमा गतिलै उपस्थिति भन्ने लाग्छ भने गलत हुनसक्छ। फेसबुकमा धेरै साथी हुनु भनेको लोकप्रिय हुनुमात्र होइन, यो तनावको भारिसमेत् हो। बेलायतमा भर्खरै गरिएको एक अनुसन्धानले फेसबुकको सञ्जालमा धेरै साथीहरू हुनेहरू अरूभन्दा बढी तनावमा रहने गरेको देखाएको छ।
इडेनबर्ग बिजनेस स्कुलले गरेको अध्ययनले यस्तो परिणाम देखाएको हो। फेसबुकमा साथी, सहकर्मी र आफन्तहरू जोडिएका छन् भने झन् तनाव पैदा गर्ने देखाएको छ। फेसबुकमा साथीहरूले पोस्ट गर्ने कमेन्ट, स्ट्याटसले यसको प्रयोगकर्तालाई तनावमा पार्ने गर्छ। सामाजिक सञ्जालमा रहेका साथीहरूको व्यवहारले मानसिक तनाव पैदा गर्ने अध्ययनको दाबी छ।
वयस्कहरू जब फेसबुकमा प्रवेश गर्छन्, युवा पुस्ताका प्रयोगकर्तालाई सबैभन्दा धैरै तनाव हुन्छ। वयस्क र युवाबीच हुने विचारको अन्तरका कारण युवाहरूमा बढी नकारात्मक असर पर्ने देखिएको हो।
बेलायतका ५५ प्रतिशत अभिभावकले आफ्ना सन्तानलाई फेसबुकमा फलो गरिरहेका हुन्छन्। आधाभन्दा धेरै कम्पनीहरू चाहन्छन् कि उनीहरूका कामदार फेसबुकमा नअल्भि्कने खालका हुन्।
अनुसन्धानकर्ताका अनुसार फेसबुकमा जोडिने औशत मानिसहरू विभिन्न सात सामाजिक वृत्तमा घेरिएका हुन्छन्। अफलाईनमा रहनै साथीहरूको सञ्जाल सबैभन्दा धेरै हुन्छ। उनीहरूले ती साथीहरूलाई अनलाइन हुँदा जोड्छन्। अर्को समूह हो आफन्त। त्यसपछि परिवारका सदस्य फेसबुकमा जोडिएका हुन्छन्। साथीका साथीहरू पनि फेसबुकमा जोडिने अर्को वर्ग हो। अनि बाँकी रहैकाहरू पेशासँग जोडिएकाहरू फेसबुकमा साथी हुन्छन्।
फेसबुकमा जोडिनेहरूमा पुराना साथी नयाँभन्दा धेरै हुने गर्छन। स्वभाविकरुपमा भेटिरने भन्दा नभेटिएका साथीहरू सामाजिक सञ्जालमा जोडिनु सामान्य हो।
कतिपय अवस्थामा आफ्ना प्रेमी र प्रेमिकालाई सामाजिक सञ्जालबाट बाहिर राख्नेहरू पनि भेटिएका छन्। प्रेमी या प्रेमीकालाई सार्वजनिजकरुपमा कमेन्ट या टिप्पणी कमैलेमात्र गर्छन। औशतमा २१ वर्ष उमेरका ३०० जनामा गरिएको सर्वेक्षणले सामाजिक सञ्जालको यो रुप सार्वजनिक गरेको हो।
फेसबुक प्रयोगकर्तामध्ये एक तिहाईलेमात्र फेसबुक प्रोफाइलमा रहेको प्राइभेसी सेटिङबाट आफूलाई नियन्त्रित गराउने गरेको पाइन्छ।
फेसबुक सुरुमा युवा–युवतीको नाच्ने, पिउने र हल्लाखल्ला गर्ने ठाउँ थियो। तर, यसमा अब प्रयोगकर्ताका बाबु र आमाहरू पनि जोडिन थालेका छन्। मतलब, उनीहरूको सामाजिक सञ्जालमा हुने पार्टीहरू अब नियन्त्रित हुने अवस्था सिर्जना भएको छ।

Leave a Reply

Your email address will not be published.