फेरि सात दिन म्याद थप

काठमाडौं, मंसिर १४- राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न फेरि सात दिनको समय दिएका छन् । आज बेलुकी सूचना जारी गरी मंसिर २१ सम्मको नयाँ समय सीमा तोकिएको हो।

राष्ट्रपति कार्यालयको विज्ञप्ति
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले संवत् २०६९ साल मंसिर १४ गते सम्ममा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलका नेताहरुले राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि थप समय माग गर्नु भएको हुँदा माग बमोजिम सम्माननीय राष्ट्रपतिले मिति २०६९ मंसिर २१ गते बिहीबारका दिनसम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
आज्ञाले,

(ध्रुवराज जोशी)
सहायक प्रवक्ता

Leave a Reply

Your email address will not be published.