थारु पत्रकार संघ दाङको बैठक सम्पन्न

दाङ- थारु पत्रकार संघ दाङको बैठक आज उरहरी ९ सुकौराकोतको ऐतिहासिक थारु दङगीशरण दरबारको स्थलमा सम्पन्न भएको छ। थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षता भएको बैठकले यहि आउँदो मंसिर १६ गते शनिवारका दिन ऐतिहासिक दङगिशरण दरबारमा बृहत अन्तक्रिया कार्यक्रम गर्ने भएको छ। थारु राजा दङगिशरणको दरबारलाई पर्यटकिय रुपमा विकास गर्नुको साथै प्रचारप्रसारको लागि दाङका सम्पूर्ण राजनितिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधि, पत्रकारलगायत विभिन्न अगुवा ब्यक्तित्वहरुको उपस्थितिमा अन्तर्क्रिया गर्ने बैठकले निर्णय गरेको छ।
त्यस्तै सो बैठकले दाङ थारुहरुको पुर्ख्यौली भूमी भए पनि थारुहरुको विभिन्न संस्कृति, धर्म, कला, लोप हुँदै गइरहेकोले यसको संरक्षण र सम्बर्द्धनका लागि यस्तो कार्यक्रम गर्न लागिएका थारु पत्रकार संघका सदस्य सुन्दर चौधरीले जानकारी दिए। कार्यक्रममा थारु छोक्रा, मघौटा नाच पनि पर्दशन गरिनेछ। उक्त कार्यक्रममा सरोकारवालालाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published.