फेसबुकमा अश्लिल तस्बिर ट्याग भयो? यसो गर्नुस्

– धेरै साथीहरूको फेसबुक म्यासेजबाट र ट्याग भएर अश्लील तस्बिर आइरहेका छन्। कतै मेरोबाट पनि त्यस्तै भइरहेको त छैन?
– मेरो फेसबुकबाट कसैलाई अश्लील तस्बिर ट्याग भएकोमा क्षमा चाहन्छु। यो मैले गरेको होइन। मेरो फेसबुक ह्याक भएको हो या अरू नै, केही बुझ्नै सकिरहेको छैन।
– अश्लील तस्बिर ट्याग गरेर हैरान पार्ने केहीलाई अनफ्रेन्ड गरियो, दुःख नमान्नुहोला। प्रविधिको सदुपयोग गरौँ, यसलाई विकृत नबनाउँ। Facebook Spam, Porn video
विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकमा केही दिनयता देखिएका गुनासा हुन् यी। थाहै नपाई ट्याग भएका पोर्नमय भिडियो/तस्बिरले नेपालमा मात्र होइन, संसारकै प्रयोगकर्ता हैरान छन्। अप्रत्यासित रूपमा ट्याग भएका ती भिडियो च्याटमार्फत पनि आउने गरेका छन्। ‘भिडियो हेर्नुस्’ मनसायको म्यासेज च्याटमै आएपछि मानिसहरूमा सन्त्रास फैलिएको छ। तर, ती भिडियोहरू भने हेर्न नमिल्ने छन्। क्लिक गर्दा अटोमेटिक क्लिक गर्ने प्रयोगकर्ताको टाइमलाइनमा गई कम्तिमा पनि २० जनासँग ट्याग भइरहेका छन्। फेसबुक सेक्युरिटीका अनुसार यो एक प्रकारको स्माप हो। यस्तो आतंक मचाउन केही ह्याकरहरू सक्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यस्ता ट्यागकै कारण धेरैले फेसबुक एकाउन्ट नै डिएक्टिभ गरेका छन्। कतिपयले भने नचिनेका साथीलाई अनफ्रेन्ड गरेका छन्। ‘अचानक ट्याग भएको अश्लील भिडियोले मेन्टली प्रेसर दियो,’ रमिता श्रेष्ठले भनिन्, ‘ट्याग रिमुभ गर्दागर्दै हैरान भएर फेसबुक एकाउन्ट नै डिएक्टिभ गरिदिएँ।’ उनले केही दिनपछि मात्रै फेसबुक एकाउन्ट एक्टिभेट गर्ने बताइन्। रमिताको जस्तै सिर्जना पौडेलको पनि यस्तो ट्यागले टाउको दुखायो। ‘फेसबुकमा ड्यामी­मम, दादालगायत साथीभाइहरू छन्। यस्तो भिडियो एक्कासि टाइमलाइनमा देखिँदा के सोच्नुभयो होलाजस्तो लाग्न थाल्यो। अनि फेसबुक नै बन्द गरिदिएँ,’ उनले भनिन्।
पत्रकार लक्की चौधरीले पनि त्यस्ता भिडियोले आजित भएर नचिनेका साथीलाई रिमुभ गरेको बताए। ‘अश्लील तस्बिर ट्याग गरेर हैरान पार्ने केहीलाई अनफ्रेन्ड गरियो। दुःख नमान्नुहोला। प्रविधिलाई सही रूपमा सदुपयोग गरौँ, विकृत नबनाउँ,’ उनले फेसबुकमा लेखेका छन्।

के भन्छ फेसबुक?
फेसबुक सेक्युरिटीका अनुसार यस्तो गुनासो दुई दिनमा एक लाख दस हजारले गरेका छन्। ती सबैले फेसबुक टाइमलाइनमा यस्तो भिडियो/तस्बिरले आजित भएर फेसबुकलाई गुनासा पठाएको डेलीमेलले जनाएको छ। फेसबुकले त्यस्ता स्पामलाई नियन्त्रणमा लिइरहेको बताएको छ। उसले त्यस्ता पोस्ट क्लिक नगर्न प्रयोगकर्तालाई सुझाएको छ। ‘यस्ता प्रकारका मालवेयर भेराइटिजले हामीलाई सचेत गराएको छ,’ थ्रेटपोस्टसँग फेसबुक स्रोतले भनेको छ, ‘यो केही सीमित ब्राउजरले होस्ट गरेर सोसल मिडियामा लिंक सर्कुलेसन गरिरहेको छ।’ त्यस्ता लिंकलाई तीव्र रूपमा ब्लक गर्ने काम भइरहेको फेसबुकले दाबी गरेको छ।

कस्तो स्पाम हो?
फेसबुकमा भइरहेको अश्लील ट्याग स्पाम भएको बुझिएको छ। जुन तपाईंको कम्प्युटर सिस्टमलाई नै ध्वस्त पार्न सक्छ। अहिले फेसबुक टाइमलाइनमा ‘यो भिडियो हेर्नुस्’ भन्दै ट्याग हुन्छन्। भिडियोमा क्लिक गर्दा ‘यो भिडियो अहिले तपाईंले हेर्न सक्नु हुन्न, फ्लास प्लेयर डाउनलोड गर्नुस्’ भन्ने सन्देश दिने गर्छ। जुन क्लिक गर्दा फेसबुक प्रयोगकर्ताको टाइमलाइनमा आफैँ ट्याग भइदिन्छ। एक क्लिकमा कम्तिमा २० जनासँग ट्याग पनि हुन्छ। क्लिक लगत्तै कम्प्युटरको किबोर्ड र माउस उसको नियन्त्रणमा जान्छ। जसले मनलाग्दी ती सवि्र्कय ह्याकरहरूले ट्याग गर्न थाल्छन्, म्यासेज पठाउँछन्।

नेपाल प्रहरी के भन्छ?
लगातार यस्ता पोस्ट ट्याग भएपछि केही फेसबुक प्रयोगकर्ताले नेपाल प्रहरीलाई यस्तो समस्याको सुझाव मागेका थिए। जसअनुसार नेपाल प्रहरीले फेसबुक प्रयोगकर्ताका लागि त्यस्ता ट्यागबाट बच्ने सुझाव पेश गरेको छ। नेपाल प्रहरीको सुझाव यस्तो छ।
आफ्नो फेसबुक एकाउन्टबाट आफ्नो जानकारी र अनुमतिविना आफूले पठाउँदै नपठाएका विभिन्न अश्लील फोटो तथा भिडियो सेयर हुन थालेपछि प्रहरीले सेयर हुने गरेको समस्याका गुनासा आएको हुँदा सर्वसाधारणको जानकारीका लागि त्यस्ता समस्याबाट बच्न निम्न उपाय अपनाउन अनुरोध गर्दछौँ।
तत्काल आफ्नो फेसबुकमा ट्याग तथा म्यासेजमा पोस्ट भएका त्यस्ता कन्टेन्टलाई डिलिट गर्ने। आफूले फेसबुक चलाउने गरेको कम्प्युटरमा रहेको ब्राउजरको सेसन, कुकिज फाइल एप्लिकेसन डाटालाई आवश्यकताअनुसार सो कम्प्युटरबाट डिलिट गर्ने।
आफूले फेसबुक चलाउने गरेको कम्प्युटरमा रहेको टेम्प्रोरी फाइललाई आवश्यकताअनुसार सो कम्प्युटरबाट रिमुभ वा डिलिट गर्ने। आफ्नो फेसबुक चलाउन प्रयोग गरेको पासवर्ड तत्काल परिवर्तन गर्ने। साथै पासवर्डलाई सेक्योर गर्ने अन्य अपसनलाई इनेबल गर्ने।
फेसबुकको सेक्युरिटी पोलेसीलाई इडिट गरी सम्बन्धित प्रयोगकर्ताको अनुमतिविना निजको फेसबुकमा कुनै कुरा ट्याग गर्न नदिने व्यवस्था मिलाउने। जसबाट अन्य व्यक्तिले आफ्नो फेसबुकमा कुनै कुरा ट्याग गर्न सक्दैन र यस्ता स्पामबाट बच्न सकिन्छ।
आफूले चलाउँदै आएको फेसबुक पेजसँग सम्बन्धित डाउनलोड गरिएका अन्य एप्लिकेसन डिएक्टिभेट गर्ने र आवश्यकताअनुसार रिइन्स्टल गर्ने। आफ्नो कम्प्युटरमा इन्टरनेट चलाउन प्रयोग गरिएको इन्टरनेट ब्राउजर एप्लिकेसनलाई रिइन्सटल गर्ने।

प्रयोगकर्ताले आफैँ अपनाउन सक्ने उपाय
फेसबुकले सबै प्रयोकर्ताका निम्ति यसअघि नै टाइमलाइनमा कसले ट्याग गर्न पाउने भन्ने बटनको विकास गरेको छ। जसले तपाईंको स्वीकृतिविना तपाईंलाई ट्याग गरेको सामग्री अरूले हेर्न पाउँदैनन्। यो सेटिङ मिलाएपछि त्यस्ता भिडियो/तस्बिर पनि तपाईंको अनुमतिविना कसैले हेर्न पाउँदैनन्।
कसरी सेटिङ मिलाउने?
Tag Setting 01

त्यसको निम्ति तपाईंले फेसबुक ल–गिन गर्नुपर्ने हुन्छ। त्यसपछि दाँयापट्टिको भागमा हुने ‘सेटिङ’ अप्सनमा जाने। त्यसपछि बाँयापट्टिको भागमा देखिने ‘टाइमलाइन एन्ड ट्यागिङ’ अप्सनमा क्लिक गर्ने। त्यसपछि ‘हाउ क्यान आई म्यानेज ट्याग्स पिपुल एड एन्ड टेगिङ सजेसन’मा उपलब्ध तीनमध्ये पहिलो अप्सन क्लिक गर्ने। क्लिक गरेपछि तस्बिरमाथि ‘डिसेबल’ बटन देख्नुहुनेछ। सोही बटनलाई ‘इनेबल’ बनाएपछि तपाईंको स्वीकृतिविना कसैले पनि तपाईंलाई ट्याग भएका सामग्री हेर्न सक्दैनन्।

Leave a Reply

Your email address will not be published.