दाहालद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल

काठमाडौं- वर्तमान राजनीतिक गतिरोध अन्त्यका विषयमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदारसँग छुट्टाछुट्टै छलफल गरेका छन्। अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज भएको छलफलमा राजनीतिक गतिरोधको अन्त्य, सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा र सरकार सम्बद्ध दलहरूले अख्तियार गर्नुपर्ने रणनीतिका विषयमा कुराकानी भएको थियो।
मन्त्रिपरिषद्को बैठक र सरकार सम्बद्ध दलहरूको गठबन्धन संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले राष्ट्रपतिको पछिल्लो वक्तव्यलाई असंवैधानिक र अन्तरिम संविधानको मर्म र भावना विपरीत भएको भएको ठहर गरिसकेको अवस्थामा उनहाँहरूबीच छलफल भएको एमाओवादी अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए।

उनीहरूबीच राजनीतिक निकासका विषयमा नै छलफल केन्द्रीत भएको र सहमतिका लागि अधिकतम् प्रयास गर्ने सहमति भएको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.