छठ पर्वको तयारी

भद्रपुर- प्रत्येक वर्षझैं यस वर्ष पनि झापाको भद्रपुरस्थित मेची नदीको तटमा छठ पर्व मनाउनका लागि मैथिल समाज भद्रपुरले तयारी सुरु गरेको छ। छठ पर्व व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि सो समाजले विभिन्न उपसमिति गठन गरेको छ। उक्त समाजका अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा बसेको बैठकले कन्हैया झाको संयोजकत्वमा आर्थिक सङ्कलन उपसमिति गठन गरेको छ भने पन्डाल तथा घाट व्यवस्थापनमा विकासकुमार गुप्ता, विद्युत् व्यवस्थापनमा यदुनन्दन साह र प्रचारप्रसार तथा सरसफाइमा सुशील कर्णलाई चयन गरेको छ।

मेची नदीको करिब चार किलोमिटरको लम्बाइमा छठ पूजा हुने गरेकाले यसलाई व्यवस्थित एवम् मर्यादित बनाउनका लागि विभिन्न उपसमिति गठन गरी कार्य प्रारम्भ भइसकेको समाजका अध्यक्ष झाले बताए। रासस

Leave a Reply

Your email address will not be published.