निर्वाचन आयोग घेर्न गएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पक्राउ

निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनमा धर्ना दिन पुगेका थिए । भट्टराईसहितका नेताहरु जुलसससहित अयोगतर्फ अघि बढेका प्रहरीले पक्राउ गरेको हो ।

नयाँ शक्तिकी सांसद गंगा चौधरीले तीन दलीय सिन्डिकेटको विरोध गर्दै हरेक दललाई राष्ट्रियता मान्यता दिनुपर्ने बताइन्। थारुवानसँग कुरा गर्दै उनले भनिन्, ‘तीन दलीय सिन्डिकेट हाबी भयो। हरेक दललाई राष्ट्रिय मान्यता दिनुपर्छ।’

उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए । नेताहरुलाई अहिले नेपाल प्रहरी २ नं. गण, महाराजगञ्जमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.