काठमाडौं विश्वविद्यालयका उपकुलपतिद्वारा राजीनामा

बनेपा- काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा सुरेशराज शर्माले राजीनामा दिएका छन्। विश्वविद्यालयको ६१औँ सिनेट बैठकमा आज उनले आफू लामो समयदेखि विश्वविद्यालयमा रहेको कारण देखाउँदै राजीनामा दिएका हुन्।

उनको राजीनामापछि शिक्षामन्त्री दीनानाथ शर्माको संयोजकत्वमा उपकुलपति छनोट समिति गठन गरिएको छ। सो समितिमा दमननाथ ढुङ्गाना र लोकविक्रम थापा सदस्य रहेका छन्। छनोट समितिले एक महिनाभित्र उपकुलपति सिफारिस गर्ने विश्वविद्यालयका प्रेस संयोजक हरिमन्जुश्रीले जानकारी दिए। डा शर्माले छैटौँ कार्यकालमा दुई वर्ष बाँकी रहँदा राजीनामा दिएका हुन्। रासस

Leave a Reply

Your email address will not be published.