मनाङ–मर्स्याङ्दी पोखरा सफल कपको फाइनलमा

पोखरा- पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गतको पहिलो सेमिफाइलनमा मनाङ–मर्स्याङदी क्लबले एनआरटीलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। खेलको चौथो मिनेटमा नै सुजल श्रेष्ठले गरेको गोल नै मनाङलाई फाइनलमा पुर्‍याउन निर्णयक बन्यो।

हालै काठमाडौंमा भएको एनसेल कप फुटबल प्रतियोगिताको विजेता मनाङ–मर्स्याङदीले शनिबार दोस्रो सेमिफाइनको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। भोलि दोस्रो सेमिफाइनल खेल मच्छिन्द्र क्लब र हिमालयन सेर्पा क्लबबीच हुनेछ।
प्रतियोगिताको विजेताले रु तीन लाख पाँच हजार र उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन्। रासस

Leave a Reply

Your email address will not be published.