मछिन्द्रको फराकिलो जित

मच्छिन्द्र क्लब सफल पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा मंगलबारको अन्तिम क्वाटरफाइनलमा भारतको कोलकाता पोर्ट ट्रस्ट स्पोर्ट्स क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम ४ मा पुगेको हो। मछिन्द्रको जीतमा दीपक राईले ह्याट्रिक गरे। विराल राई ‘ए’ले २ र लक्ष्मीनारायण श्रेष्ठले १ गोल गरे। पहिलो हाफमा २ गोल गरेको मच्छिन्द्रले दोस्रो हाफमा ४ गोल थपेको थियो। मच्छिन्द्रले फाइनल प्रवेशका लागि हिमालयन शेर्पा क्लबको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published.