सरकार तत्‍काल परिवर्तन गर्नुपर्छ : गुरुङ

रत्ननगर- नेकपा–माओवादीका सचिव देव गुरुङले राष्ट्रियता जोगाउनकै लागि पनि वर्तमान सरकार परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन्। अखिल नेपाल शिक्षक सङ्गठन नेपालद्वारा आज भरतपुरमा आयोजित पेसागत हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले अहिलेको सरकारले राष्ट्रियता र राष्ट्रिय स्वाधीनता खतरामा पारेको आरोप लगाउँदै तत्काल सरकार परिवर्तन हुनुपर्ने स्पष्ट पारे। 

आफ्नो पार्टीले सीमा अतिक्रमणका बारेमा मात्र नभई राष्ट्रिय स्वाधीनताका पक्षमा आन्दोलन गर्ने जानकारी दिँदै उनले जनवाद र राष्ट्रिय स्वाधीनता अन्तरनिहित भएकाले पनि वर्तमान राज्यसत्ताको विरोध जायज भएको बताए।
देशको अर्थव्यवस्था र उत्पादन विदेशीका हातमा पर्दै गएकाले नेपाल पूर्णरुपमा परनिर्भर हुने अवस्थाबाट जोगाउन पार्टीले नेपाली उत्पादन र उद्योग व्यवसायलाई साथ दिने कार्ययोजना तयार गरिरहेको उनले बताए।
यसअघि चितवनका पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता गुरुङले लडाकु दस्ता बनाउने पार्टीको कुनै नीति नरहेको स्पष्ट पारे। रासस

Leave a Reply

Your email address will not be published.