कतारमा हृदयाघातबाट मृत्यु

अर्घाखाँची- रोजगारीको सिलसिलामा पच्चीस महिना पहिले कतारको इन्टरयाक नामक कम्पनीमा सिकर्मीको काम गर्दैआएका ठूलापोखरा–३ धरमपानी का २५ वर्षीय सिसबहादुर अधिकारीको हृदयाघातका कारण मृत्यु भएको छ। ठूलापोखरा गाविस धरमपानीमा बस्दैआएका हिमबहादुर अधिकारीका एक्लो छोरा सिसबहादुरको यही कात्तिक १० गते राति आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको मृतक अधिकारीका भान्जा दाजु देवराज थापाले बताए। केही दिनपछि घर जाने भनी समयको प्रतीक्षामा बसेका मृतक अधिकारी वैवाहिक हुन्। उनका एक छोरी र एक छोरा छन्।

घरको अवस्था अत्यन्तै नाजुक रहेका कारण छिमेकी साथीले सहयोग गरिदिन भन्दै कतारमा क्रियाशील अर्घाखाँची सेवा समाजलाई पत्र आएको समाजका अध्यक्ष युवराज पाण्डेले बताए। समाज शव छिटो घर पठाउने प्रक्रियामा लागेको र यही बुधबार–बिहीबारसम्म शव घर पुग्न सक्ने अधिकारीस“ग कम्पनीमा काम गर्दैआएका धनेश पोखरेलले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.