काठमाडौंलगायत देशभर भूकम्पको धक्का

काठमाडौं- राजधानी काठमाडौँ लगायत देशभर अहिले साँझ भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार भूकम्पको तीव्रता ५.७ मापन गरिएको छ। उनका अनुसार सिन्धुपाल्चोकनजिकै चीनसँग जोडिएको सिमानामा केन्द्रबिन्दू बनाई साँझ ६ बजेर ५२ मिनेटमा भूकम्प गएको हो।  अमेरिकी भूगर्भ विभागले भने आफ्नो वेबसाइटमा भूकम्पको केन्द्रबिन्दू काठमाडौँबाट ११६ किलोमिटर उत्तरपूर्व चीनको चोङदुई नजिकै रहेको र तीव्रता ४.६ म्याग्निच्युड रहेको  जनाएको छ।

Leave a Reply

Your email address will not be published.