दस हजार शिक्षक विज्ञापन खुल्छ : शिक्षामन्त्री

सल्यान- शिक्षामन्त्री दीनानाथ शर्माले अबको एक वर्षभित्रै सरकारले शिक्षक सेवा आयोगले १० हजार शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्ने तयारी गरेको जानकारी दिएका छन्। शनिबार पश्चिमी क्षेत्र वन्गाडामा स्थापना गरिएको वन्गाड क्याम्पस उद्‍घाटनका क्रममा उनले अस्थायी, ‘पिसिएफ’ (प्रतिविद्यार्थी लगानी)लगायतमा कार्यरत सबै शिक्षक आयोगको परीक्षामा उत्तीर्ण हुन नसके पनि अनुत्तीर्णलाई ‘गोल्डेन हेन्डसेक’ गरेर बिदाइ गरिने बताए। 
कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले देशको राजनीति सही ढङ्गले अगाडि बढे मात्र शिक्षा क्षेत्र राम्रो हुने बताए।
सल्यानको पूर्वी क्षेत्रभन्दा पछि परेको पश्चिमीक्षेत्रका पाँच गाविस, छिमेकी जिल्ला रुकुम र जाजरकोट लगायत जिल्लालाई दृष्टिगत गर्दै सो क्याम्पस स्थापना गरिएको हो। यससँगै सल्यान जिल्लाबाट त्रिभुवन विश्वविद्यालयबाट सात क्याम्पसले सम्बन्धन प्राप्त गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.