एमले नेता ओलीलाई भारत लगियो

काठमाडौं- काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेकपा एमालेका स्थायी समितिका सदस्य केपी शर्मा ओलीलाई थप उपचारका निम्ति आज एअर एम्बुलेन्समार्फत भारत लगिएको छ। दिउँसो तीन बजे उनलाई भारतको मेदान्त अस्पताल लगिएको हो। भारतबाट एअर एम्बुलेन्स आउन ढिलाइ भएका कारण हिजो त्यसतर्फ लैजाने कार्यक्रम स्थगित भएको थियो। भारत लैजानुअघि ओलीको स्वास्थ्य स्थितिबारे बुझ्न एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय विद्यादेवी भण्डारी र वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, पोलिटब्युरो सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु कृष्णगोपाल श्रेष्ठ, परशुराम मेघी गुरुङ्लगायतले उहाँको अवस्थाबारे जानकारी लिएका थिए।

नेता ओलीको छातीमा निमोनिया र सेप्टिसेमिया देखिएपछि शुक्रबार उनलाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। नर्भिक अस्पतालले थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लग्न सिफारिस (रिफर) गरेको थियो।

ओलीका श्रीमती र दुई जना सहयोगी पनि आजै भारत गएका छन्। रासस

Leave a Reply

Your email address will not be published.