शान्ति चौधरीले जन्माइन् चार हात, चार खुट्टा भएकाे अनौठो बच्चा

टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ। जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन्।

नवजात शिशुको चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले राति ११ बजेतिर शिशु जन्मिएको बताए। नवजात शिशु जिवितै रहेको अस्पतालले जनाएको छ।

परिवारका अनुसार आमालाई सोमबार दिउसो ३ बजे व्यथा लागेको थियो। उनलाई राति १० बजे मात्रै अस्पताल पु-याईएको थियो। अस्पताल पुर्याएको केही समयमा नर्मल डेलिभरी भएको डा. खनालले जानकारी दिए। यो उनको पहिलो सन्तान हो।

– योगेश रावल

Leave a Reply

Your email address will not be published.