फोरम नेता जैसवालद्वारा आत्महत्या

झापा- मधेसी जनअधिकार फोरम (भाग्यनाथ गुप्ता समूह)को भ्रातृ सङ्गठन मधेसी युवा फोरम मधेसका केन्द्रीय अध्यक्ष कैलाश चौधरी जैसवालले आत्महत्या गरेका छन्। भद्रपुर–८ निवासी ३८ वर्षीय चौधरीले शनिबार अपरान्ह ४ : ३० बजे आफ्नै साइकल पसलभित्र झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

जैसवालको एक श्रीमती र दुई छोरा छन्। आत्महत्याको बेला श्रीमती दुई छोरासहित भारतको सिलगुढीस्थित माइती गएकी थिइन्। आत्महत्याको भोलिपल्ट सोमबार जैसवालको कोठाबाट एक प्रहरीले टिपोट फेला पारेको छ।

पारिवारिक स्रोतका अनुसार जैसवाल केही दिनअघिदेखि राजनीतिक विषयका कारण तनावमा थिए। रासस

Leave a Reply

Your email address will not be published.