संविधान सभा पुनःस्थापनाको विरोध गर्नेहरु निकासको उपयूक्त विकल्प देऊ : पौडेल

काठमाडौं- नेपाली का|ग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा पुनःस्थापनाको विरोध गरेर निर्वाचनको रट लगाउनेहरुलाई निकासको उपय’क्त विकल्प दिन चुनौति दिएका छन्। रिपोर्टर्स क्लब नेपालले पौडेल निवास बोहराटारमा गरेको साक्षात्कारमा उनले भने–पुनःस्थापनाको विरोध गरेर चुनावको रट लगाएरमात्रै हुँदैन निकासको उपयूक्त विकल्प पनि दिनु सक्नुपर्यो।

पौडेलले आफू मुलुकलाई संबैधानिक र राजनीतिक जटिलताबाट निकास दिने अभियानमा रहेको भन्दै निकासको उपयूक्त विकल्प आए पुनःस्थापना वा निर्वाचन जेमा पनि जान तयार रहेको स्पष्ट पारे।
उनले भने– मैले पुनःस्थापनाको कुरा गरेको होइन। संविधानका सबै विवादित विषयमा सहमति बने जारी गर्न मात्रै पुनःस्थापनाको कुरा गरेको हुँ।

नयाँ निर्वाचनमा जान पनि संबैधानिक बाटो अवरुद्ध रहेको दावी गर्दै पौडेलले संवैधानिक आयोगलाई रिक्त हुन नदिन, कति संख्याको कस्तो निर्वाचन हुने भन्ने विषयमा समेत बाटो खोल्नु जरुरी रहेको बताए। उनले भने –जनादेशमा जाने बाटो खोल्नुपर्यो यसका लागि पनि सहमति हुन जरुरी छ। त्यसै निर्वाचन निर्वाचन भनेर हुँदैन।

नेपाली कांग्रेसले निकासको स्पष्ट बाटो दिन नसकेको प्रति असन्तुष्ठि प्रकट गर्दै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सविधानको विवादीत विषयमा सहमति भए पुनःस्थापना वा निर्वाचनमा जाने भन्ने प्रस्ताव विचाराधिन रहेको जानकारी दिए।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा सहमति भएको विषयलाई समेटेर संविधान जारी गर्ने भनि ल्याएको प्रस्ताव नयाँ नभई आफूहरुले जेठ १४ मै ल्याएको प्रस्ताव भएको दावी गर्दै प्रचण्डले ल्याएको प्रस्तावमा आफूहरुको विश्वास नरहेको स्पष्ट पारे।

नयाँ संविधान बनेर निर्वाचन नभएसम्म राष्ट्रपति कायम रहने उल्लेख गर्दै संविधानको संरक्षक भएको नाताले संबैधानिक संकट आएको बेला राष्ट्रपतिको भूमिका स्वभाविक रुपमा हुने बताए। उनले अब पार्टीहरुले आन्दोलन र वार्तालाई सँगसँगै अगाडि बढाउने जानकारी दिदै आन्दोलनपछि राष्ट्रपतिको भूमिका झनै बढेर जाने दावी गरे।
आफैंले घोषणा गरेको निर्वाचन गराउन नसक्नु, जनता र विपक्षी दलहरुको विश्वास आर्जन गर्न नसक्नु र संविधान जारी नगरी संविधानसभा विघठन गराउनुले प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा निर्वाचन हुन नसक्ने दावी गर्दै आफैं पद नछाडे आन्दोलनबाट पद छाडेर सहमतिमा आउन बाध्य पार्ने चेतावनी दिए।

Leave a Reply

Your email address will not be published.