नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं- चीनको ग्वान्जाओमा जारी एसीसी महिला ट्वान्टी-२० क्रिकेटको समूह चरणबाट नेपाल बाहिरिएको छ। शुक्रबार बंगलादेशसँग ९ विकेटको पराजयसँगै नेपाल बाहिरिएको हो। यसअघि नेपालले श्रीलंकासँग २० रनले पराजित भएको थियो। नेपाल समूह बी को पुछारमा छ। 

नेपालले प्रस्तुत गरेको ४६ रनको लक्ष्य बङ्गलादेशले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै पछ्याएको थियो। बङ्गलादेशको १ विकेट करुणा भण्डारीले लिइन्।
नेपालले अब समूह चरणको अन्तिम खेल आगामि सोमबार चीनसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published.