प्रधानमन्त्रीले पिताबाट टीका थापे

काठमाडौं- विजयादशमीका अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराईले आज आफ्ना ८२ वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाए। प्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमी र छोरी मानुषी भट्टराईका साथमा आफ्ना भाइ शिवप्रसाद भट्टराईको कोटेश्वरस्थित निवासमा पुगी टीका लगाएका हुन्।
त्यस अवसरमा उपस्थित पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री भट्टराईले राजनीतिक निकासका लागि दलहरूबीच दसैँलगत्तै गम्भीर छलफल भई सहमति हुने बताए।
उनले आवश्यक कानुनी तर्जुमा गरेर संविधानसभाको नयाँ निर्वाचन वा संविधानसभाको पुनःस्थापना दुवै विकल्पका लागि आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे। रासस

Leave a Reply

Your email address will not be published.