नोकियाले ल्यायो नयाँ विन्डोज स्मार्टफोन

एजेन्सी- स्मार्टफोनको दौडमा एप्पल र सामसुङले निकै पछाडि छाडिसकेको नोकियाले आफ्नो पुरानो साख फर्काउने उद्देश्यका साथ नयाँ विन्डोज स्मार्टफोन बजारमा ल्याएको छ। चार इञ्चको डिस्प्ले र पाँच मेगापिक्सेलको क्यामेरामा नोकिया म्याप्ससहित लुमिया ५१० मोडल नम्बरको यो स्मार्टफोनको भाउ बजारमा दुई सय डलर पर्ने बताइएको छ।
रातो, पहेँलो, सेतो, कालो र आकाशे रङ्गमा पाइने यो मोबाइलको मुख्य विशेषता विन्डोज अपरेटिङ सिस्टम र सस्तो मोल हुने बताइएको छ। यो फोनको सफलता वा असफलताले नोकिया र विन्डोज अपरेटिङ सिस्टमको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published.