गृहमन्त्री गच्छदार जकार्ता गए

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार इन्डोनेसियाको जकार्तामा आयोजन हुन लागेको विपद् जोखिम न्यूनीकरण विषयक पाँचौँ एसियाली मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरे। भोलिदेखि सुरु हुने सो सम्मेलनमा मुख्यतया विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय क्षमता अभिवृद्धिका बारेमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ।

सम्मेलनमा विपद् प्रतिकार्यका लागि गरिने पूर्वतयारी बारे पनि सदस्य राष्ट्रका प्रतिनिधिहरुबीच छलफल हुने बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.