निःशुल्क मोबाइल सिम वितरण

कञ्चनपुर- युनाइटेड टेलिकमले दसैं तिहारको अवसर पारी कञ्चनपुरमा निःशुल्क मोबाइल सिम वितरण गर्न सुरु गरेको छ। कम्पनीको आधिकारिक बिक्रेता पपुलर ट्रेड लिङ्कले मदनचोकमा स्टल राखेर सिम वितरणको कार्य सुरु गरेको हो। आफ्नो प्रचारप्रसारका लागि दुई दिनसम्म निःशुल्क सिम वितरण गरिने आधिकारिक बिक्रेता ट्रेड लिङ्का बजार अधिकृत टेकबहादुर कपडेले बताए।

‘प्रचारप्रसारका लागि दसैँ तिहारका अवसर पारी सित्तैमा सिम वितरण थालेका हौं,’ उनले भा्। दसैं तिहार उपहार कार्यक्रमअन्तर्गत सोमबारदेखि झलारीमा स्टल राखेर निःशुल्क सिम वितरण गरिने कार्यक्रम छ।

दुवै स्थानमा चार दिनसम्म स्टल राखेर एक हजार सिम वितरण गरिने उनले बताए। ट्रेड लिङ्कमा बजार प्रतिनिधि पदमराज भट्टले दसैँ तिहारका अवसर पारी सुदूरपश्चिमका सबै जिल्लामा निःशुल्क सिम वितरण थालिएको बताए।
दसैँ र तिहारसम्म सबै जिल्लामा स्टल राखेर सिम प्रदान गर्ने कार्यक्रम राखिएको छ। कञ्चनपुरपछि कैलालीको लम्की, टीकापुरमा स्टल राखिने प्रनिनिधि भट्टले बताए। तीन वर्षदेखि फोन सेवा सञ्चालनमा ल्याएको युटिएलका सुदूरपश्चिममा ३५ हजार ग्राहक छन्। भारतमा सस्तो कल र इन्टरनेट सुविधाका कारण युटिएलका यहाँ ग्राहक बढ्ने क्रम जारी
छ।

स्टल कर्मचारी दिनेश भट्टले आइतबार दुई घन्टामा ५० भन्दा बढी सिम वितरण भएको जानकारी दिए। सिम पाउन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र एकप्रति फोटो अनिवार्य गरिएको छ। रासस

Leave a Reply

Your email address will not be published.