संविधान सभाको पुनःस्थापना व्यर्थ : कोइराला

बाँके- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जनमत नयाँ निर्वाचनको पक्षमा भएकाले संविधानसभाको पुनस्थापना व्यर्थ भएको बताएका छन्।
विजयादशमी मनाउन आफ्नै गृहनगर नेपालगन्ज आएका कांग्रस सभापति कोइरालाले कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा कुरा गर्दै नयाँ निर्वाचनको पक्षमा जनमत भएकाले प्रमुख दलहरूबीच नयँ निर्वाचनमा जाने सहमति भइसकेको समेत दाबी गरे। उनले कांग्रेस संविधान सभा पुनःस्थापनाका लागि तयार नहुने भन्दै माओवादीको बहकाउमा नलाग्नसमेत उनले आग्रह गरे।

गृहजिल्ला बस्दा सभापति कोइरालाले कार्यकर्ताहरूलाई भेटघाट गर्नुहुने र दसैँमा परिवारजन, नातागोता र कार्यकर्तालाई टीकासमेत लगाए। रासस

 

Leave a Reply

Your email address will not be published.