सैफ-करिना विवाह बन्धनमा बाँधिए (फोटो फिचर)

एजेन्सी- बलिउड कलाकार जोडी सैफ अलि खान र करिना कपुर वैवाहिक बन्धनमा बाँधिएका छन्। आजै दुईको विवाह दर्ता भएको छ। सैफको बान्द्रास्थित अपार्टमेन्टमा विवाह दर्ता भएको म्यारिज रजिस्ट्रार सुरेखा रमेशले भारतीय समाचार एजेन्सी पिटिआईलाई बताए। विवाह दर्ताका लागि चाहिने तीन साक्षीमा करिनाका पिता रणधिर कपुर, उनकी आमा बबिता र सैफकी आमा शर्मिला बसेकी छन्। 

चार वर्षदेखि इनरिलेशनसिपमा रेहका ३२ वर्षीया करिनाले विवाह दर्ताका लागि हरियो र रातो सलवार कमिज लगाएकी थिइन् भने ४२ वर्षका सैफले खैरो कुर्ता पैजामा लगाएका थिए।
करिना र सैफबीच आजै साँझ ताज महल प्यालेस होटलमा निकाह समारोह हुनेछ। विवाह समारोहको भोज बिहीबार दिल्लीमा हुनेछ।

विवाह बन्धनमा बाँधिएपछि करिना कपुरकी पूर्व ब्वायफ्रेन्ड शाहिद कपुरले शुभकामना दिएका छन‍्। उनले विवाहमा बन्धनमा बाँधिए पनि फिल्ममा देखिरहने चाहना ब्यक्त गरे। ‘उनी ट्यालेन्टेड हिरोइन हुन्,’ अभिनेता कपुरले भने, ‘त्यसैले आगामी दिनमा पनि फिल्मलाई निरन्तरता दिन्छनि भन्न् आश लिएको छु।’

PHOTOS : AP

Leave a Reply

Your email address will not be published.