नेपाल प्रहरी फेसबुकमा

काठमाडौं- नेपाल प्रहरीले आपराधिक गतिविधि नियन्त्रण गर्न तथा सर्वसाधारणलाई प्रहरीप्रतिको गुनासोबारे जानकारी दिन लिन सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरेको छ। सन्ताउन्नौं प्रहरी दिवसमा पारेर नेपाल प्रहरीले आजदेखि फेसबुक सञ्चालन गरेको हो। नेपाल प्रहरीका गतिविधिहरू, आपराधिक घटनाका खबर, तस्बिर, श्रव्यदृश्य, प्रहरीसँग सम्बन्धित अन्य सूचनाहरूको जानकारी फेसबुकमार्फत् सर्वसाधारणमा पुर्‍याउने उद्देश्यले पेज सञ्चालन गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार www.facebook.com/nepalpolice सर्वसाधारणले आफ्ना विवरण, गुनासा, सूचना राख्न सक्नेछन्। प्राप्त सूचनाहरू नियमितरुपमा अनुगमन गरी आवश्यक कारबाही तथा कार्यान्वयनका लागि सम्बन्धित प्रहरी इकाइमा जानकारी गराइनेछ। रासस

Leave a Reply

Your email address will not be published.