दुई अमेरिकीलाई रसायनशास्त्रको नोबल

एजेन्सी- रसायनशास्त्रका लागि यो वर्षको नोबेल पुरस्कार दुई अमेरिकीले पाएका छन्। रबर्ट जे लेफ्कोविज र ब्रायन के. कोबिल्कालाई जि-प्रोटिन-कपल्ड रिसेप्टर्ससम्बन्धी अध्ययन गरेवापत् नोबेल पुरस्कार दिने घोषणा आज गरिएको हो। पुरस्कारबापत ८० लाख स्वीडिश क्रोनर ६९ वर्षीय लेफ्कोविज र ५७ वर्षीय कोबिल्का वैज्ञानिकलाई बराबरी बाँडिने रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले जनाएको छ।

यो वर्ष अहिलेसम्म भौतिक शास्त्र, चिकित्सा शास्त्रतर्फको नोबेल घोषणा भएको छ। यो वर्ष घोषणा गरिएका तीनै विधातर्फ दुई जनालाई पुरस्कृत गरिएको छ। दुईमध्ये एक अमेरिकी नागरिक छन्।

पुरस्कार डिसेम्बर १० मा हस्तान्तरण गरिँदैछ।

Leave a Reply

Your email address will not be published.