हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं- एसिसी ट्रफी इलिटको समूह चरणको अन्तिम खेलमा हङकङलाई १ सय २५ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २२५ रन बनायो। २२६ रनको लक्ष्य पछ्याएको हङकङ ३७ ओभरमा एक सय रन बनाउँदै अल आउट भयो। नेपालका लागि कप्तान पारस खड्काले ५४ बलमा ६ चौका २ छक्का हान्दै सर्वाधिक ६१ रन बनाए।

सेमिफाइनलमा प्रवेशका लागि जित्‍नैपर्ने दबाब नेपालको रहेको थियो। नेपालले भोलि मलेसियासँग सेमिफाइनल खेल्नेछ। नेपालका लागि अमृत भट्टराई र बसन्त रेग्मीले ३/३ विकेट लिए। म्यान अफ दी म्याच पारस खड्काले २ र शक्ति गौचनले १ विकेट लिए।
युएईलाई पहिलो खेलमा ४ विकेटले पराजित गरी सनसनी मच्चाएको नेपालले कुवेतसँग ४ विकेटको स्तब्ध पराजय बेहोर्यो। आइतबार साउदी अरेबियालाई ९ विकेटले पराजित गरेपछि नेपालले सेमिफाइनल प्रवेशको सम्भावना ब्युँत्याएको थियो।

Leave a Reply

Your email address will not be published.