नाचौं-२ मा दस प्रतिस्पर्धी भिड्दै

तस्बिर सौजन्य: शेरबहादुर केसी

शेरबहादुर केसी, बुटवल- लुम्विनी अञ्चलस्तरीय नृत्य प्रतियोगिता नाचौं–२ को फाइनल प्रतिस्पर्धा यही असोज ३० गते हुने भएको छ। ४ सय ५३ जनाले पहिलो अडिसनमा भाग लिइ ६ चरणसम्म छनोट भएर आएका उत्कृष्ट १० जना फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। फाइनलमा निर्णायकको ५० अंक र दर्शक भोटको ५० अंकको आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने कार्यक्रम संयोजक जेबी क्षेत्रीले बताए। उनका अनुसार विजयीले क्रमशः ५० हजार, २० हजार र १० हजार नगद, म्युजिक भिडियोमा नृत्य गर्ने अवसरका साथै अन्य उपहार र अवसर प्राप्त गर्नेछन्। उत्कृष्ट दशमा शलिना पौडेल, ज्ञानु गुरुङ, दीपेन्द्र चौधरी, अनुरुप दीपु, जानवी जैसी, स्वस्तिका खड्का, वर्षा राई, जीवन मिश्र, ग्लोरी थापा र प्रजन पन्थी छन्। कालिका मावि बुटवलमा हुने प्रतियोगितामा राष्ट्रिय कलाकारहरु सौगात सायर, सहिमा श्रेष्ठ र आकांक्षा बस्यालले गीत प्रस्तुत गर्नेछन्। सत्य साई कला केन्द्रको निर्माण र दीक्षान्त फिल्मस्को प्रस्तुति रहेको कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैया खर्च लागेको संयोजक क्षेत्रीले बताए। प्रतियोगिता सम्पन्न गर्न आर्थिक अभाव भएको र अन्तिम प्रतिस्पर्धा हेर्नका लागि दर्शकहरुलाई एक सय र एक हजार रुपैयाँको प्रवेश टिकटको व्यवस्था गरिएको छ।

नागरिक पश्‍चिमेलीबाट साभार

Leave a Reply

Your email address will not be published.