सस्ता स्मार्टफोनको प्रतिस्पर्धा

काठमाडौं- पहिलाजस्तो मोबाइल अब फोन गर्ने माध्यममात्र भएन। अहिलेको पुस्ताले फोनलाई ‘मिनी कम्प्युटर’कोरुपमा प्रयोग गर्न थालिसक्यो। मोबाइलाई ‘मिनी कम्प्युटर’कोरुपमा प्रगोग गर्ने चलन बढेपछि प्रायजसो कम्पनीले स्मार्टफोन बजारमा ल्याइरहेका छन्। विश्वबजारमा आएको एक–दुई महिनाभित्रै नेपालमा पनि यस्ता स्मार्टफोन आइपुग्छन्। नेपाल भित्रने यस्ता स्मार्टफोनबिच प्रतिस्पर्धा बढ्न थालेको छ।
नेपाली ग्राहकको क्रय क्षमताका हिसाबले हुनसक्छ, साना र सस्तो भाउका स्मार्टफोनबीच बजारमा प्रतिष्पर्धा चर्कदो छ। पछिल्लो समयमा सामसङ, नोकिया, एलजी, सोनी इरिक्सनलगायत नाम चलेका कम्पनीले नेपाली बजारमा सस्ता स्मार्टफोन भिœयाइएरहेका छन्। लामो समयदेखि मोबाइल व्यापारमा छाएका यस्ता कम्पनीलाई चुनौती दिँदै अहिले भने भारतीय र चिनियाँ कम्पनीले समेत नेपाली बजारमा सस्ता स्मार्टफोन ल्याएका छन्।
नेपाली बजारमा कलर्स, कार्बनजस्ता भारतीय र जेडटिई, हुवेईजस्ता चिनियाँ कम्पनीले पनि सस्ता स्मार्टफोन बजारमा ल्याइसकेका छन्। भारतीय र चिनियाँ कम्पनीकै भाउमा ब्रान्डेड कम्पनीहरुले पनि स्मार्टफोन बजारमा ल्याएपछि सस्ता मोबाइलमा प्रतिपर्स्धा बढेको हो।
‘अहिले धेरैले अरु फोनभन्दा स्मार्ट र मल्टिमिडिया फोन नै खोज्छन्,’ मोबाइल व्यापार संघका अध्यक्ष पुरुषोत्तम बस्नेतले भने, ‘यसले गर्दा स्मार्टफोनबीच प्रतिस्पर्धा बढेको छ।’ बजारमा धेरै कम्पनीका स्मार्टफोन भित्रिए पनि सबैभन्दा धेरै सामसङका नै बिक्री हुने गरेको बिक्रेतहरु बताउँछन्। सामसङ, एलजी, सोनीइरिक्सन, कलर्स, कार्बन, जेडटिइलगातले गुगलको एन्ड्रोइड अपरेडिङ सिस्टम(ओएस)युक्त स्मार्टफोन नेपाली बजारमा ल्याएका छन्। नोकियाले भने आफ्ने सिम्बियन अपरेटिङ सिस्टमयुक्त फोन बजारमा ल्याएको छ।
बिक्रेताहरुका अनुसार १५ हजार रुपैयाँभन्दा कम भाउका यस्ता फोनमा अहिले निक्कै प्रतिस्पर्धा हुन थालेको छ। नेपाली बजारमा अहिले न्यूनतम ७ हजार ९ सय ९५ रुपैयाँदेखिका स्मार्टफोन उपलब्ध छन्। बजारमा आएको सबैभन्दा सस्तो स्मार्टफोन कलर्सको एक्सफ्याक्टर मिनी हो। गुगलको एन्ड्रोइड २.३.६(जिन्जरब्रेड)अपरेटिङ सिस्टमयुक्त यो स्मार्टफोनमा दुइवटा सिमकार्ड प्रयोग गर्न मिल्छ।
कलर्सले योसहित एक्सफ्याक्टर र एक्सफ्याक्टर प्लस मोडल पनि बजारमा ल्याएको छ। सिम्बियन अपरेटिङ सिस्टमयुक्त नोकियाको भने सबैभन्दा सस्तो स्मार्टफोन भने नोकिया आशा–३०५ हो। यसको भाउ ८ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ।
सामसङको सबैभन्दा सस्तो स्मार्टफोन भने सामसङ ग्यालेक्सी वाई पकेट हो। यसको भाउ १२ हजार ५ सय रुपैयाँ तोकिएको छ। सामसङले सस्तोदेखि आइफोनसँग टक्कर गरिरहेका महँगा मोडलका स्मार्टफोन पनि नेपाली बजारमा भिœयाएको छ। अन्य फोनको तुलनामा स्मार्टफोनप्रति अहिले ग्राहकको चासो बढेको सामसङ स्मार्टक्याफे नेसनल मोबाइल हवका प्रबन्ध निर्देशक कैलाश प्रधानले बताए।
सामाजिक सञ्जाल र इन्टरनेट चलाउन सजिलो हुने, छिटो इन्टरनेट चल्ने, मल्टिमिडया सुविधालगायतले अहिले स्मार्टफोनतर्फ ग्राहक आकर्षित भएको उनले बताए। विभिन्न खाले आधुनिक र सुविधायुक्त मोबाइल एप्लिकेसन र गेमहरु चालउन मिल्ने भएकाले युवापुस्ता अझ यस्ता फोनमा आकर्षित छन्। सामसङसहित एलजीको अप्टिमस, सोनी इरिक्सनको एक्सपेरियलगायत मोडल पनि सस्ता स्मार्टफोनमध्येमा पर्छन्।

नेपाली बजारमा उपलब्ध केही सस्ता स्मार्टफोन

मोडल : – नोकिया आशा ३०५
मूल्य : – ८ हजार ५ सय ५० रुपैयाँ

मोडल : – नोकिया आशा ३०६
मूल्य : – ९ हजार २ सय ६० रुपैयाँ

मोडल : – नोकिया सी–५०६
मूल्य : – १४ हजार ७ सय ४० रुपैयाँ

मोडल : – कलर्स एक्स फ्याक्टर मिनी
मूल्य : – ७ हजार ९ सय ९५ रुपैयाँ

मोडल : – कलर्स एक्स फ्याक्टर
मूल्य : – ८ हजार ९ सय ९९ रुपैयाँ

मोडल : – कलर्स एक्स फ्याक्टर प्लस
मूल्य : – १० हजार ५ सय ५५

मोडल : – एलजीको अप्टिमस एलथ्री ई–४००
मूल्य : – १५ हजार ८ सय रुपैयाँ

मोडल : – सामसङ ग्यालेक्सी वाई पकेट
मूल्य : –१२ हजार ५ सय रुपैयाँ

मोडल : – सामसङ ग्यालेक्सी वाई डुज लाइट
मूल्य : –१२ हजार ७ सय ९० रुपैयाँ

मोडल : – सामसङ ग्यालेक्सी वाई
मूल्य : – १३ हजार ९० रुपैयाँ

मोडल : –सामसङ ग्यालेक्सी वाई डुज
मूल्य : – १५ हजार ६ सय ९० रुपैयाँ

मोडल : – सोनइरिक्सन एक्सपेरिया एक्स–८
मूल्य : – १२ हजार ५ सय रुपैयाँ

के हुन्छ स्मार्टफोनमा?
कम्प्युटरजस्तो सुविधायुक्त मोबाइल नै स्मार्टफोन हो। यसमा उत्कृष्ट कम्प्युटरको क्षमता र उच्च गतिको नेटवर्क कनेक्टिभिटी हुन्छ। स्मार्टफोनमा सामान्य खालको फोनभन्दा धेरै मल्टिमिडिया र वेबबेस सुविधा हुन्छन्।
यसलाई व्यक्तिगत स्वचालित सहायक र मोबाइल क्यामेराको संगम मान्न सकिन्छ। पछिल्ला मोडलमा समावेश भएको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) ले अझ यसलाई सुविधासम्पन्न बनाएको छ।
उच्चस्तरीय गुणस्तरको टचस्क्रिन, वेब ब्राउजर एक्सेसजस्ता सुविधा यसमा हुन्छन्। नेपाली बजारमा आएका सस्ताखाले धेरैजसो स्मार्टफोनले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएको छ। आइफोनमा भने एप्पलको आइओएस प्रयोग भएको छ। नोकियाले सिम्बियन र ब्ल्याकबेरीले ब्ल्याकबेरी ओएस प्रयोग गर्छन्।
स्मार्टफोन र अन्य टचस्त्रि्कनयुक्त फोनबीच फरक भएपछि यिनीहरूको भिन्नतालाई सामान्य ग्राहकले सजिलै छुट्ट्याउन सक्दैनन्। हेर्दा उस्तै देखिए पनि यी फोनबीच धेरै भिन्नता छन्। बाहिरबाट हेर्दा कतिपय टचफोन र स्मार्टफोन उस्तै देखिए पनि यिनीहरूमा प्रयोग हुने अपरेटिङ सिस्टम नै फरक हुन्छ। स्मार्टफोनजस्तो उच्च गतिको वेब ब्राउजिङ र नेटवर्क कनेक्टिभिटी समान्य फोनमा हुँदैन। साभार :  नागरिक दैनिक

Leave a Reply

Your email address will not be published.