मुक्त कमैया घोषणाको १३ वर्षसम्म पनि समस्या समाधान भएन

नेपालगन्ज- मुक्त कमैया घोषणा भएको १३ वर्ष पुग्दासम्म राज्यबाट आफूहरुले आश्वासन पाएको तर सहयोग नपाएको बाँकेका मुक्त कमैयाहरुले बताएका छन्। मुक्त कमैया घोषणासँगै सरकारले प्रतिकमैया तीन कठ्ठा जग्गा दिने, घरबाँसका लागि १० हजार नगद, घरका निर्माणका लागि काठ, मुक्त कमैया परिचयपत्र वितरण र लालपुर्जा वितरण गर्ने भनेपनि उपलब्ध नभएको मुक्त कमैयाहरुको भनाइ छ। 
सरकारले घोषणा गरेको मुक्त कमैया व्यावहारिकभन्दा नाममा मात्र सिमित रहेको कोहलपुर–३ लोकनगरका मुक्त कमैया जुहारीलाल थारुले बताए। कमैया बस्दा साहु र जग्गा धनीको खेतीपाती गर्दै पारिवारिक गुजारा चलाउने कमैयाहरु मुक्तिपछि पनि यो प्रथाबाट केहीले छोडे पनि अधिकांश अझैपनि कमैया र कमलहरी काम गर्न बाध्य छन्।
फत्तेपुर–९ कमैयाडाँडाका कमैया मोती चौधरीले मुक्तपछि सरकारी जग्गा उपलब्ध गराए पनि लालपूर्जा, मुक्तकमैया परिचयपत्र नपाएको गुनासो गरे। रासस

Leave a Reply

Your email address will not be published.