सप्तरीमा तनाव कायमै, राजविराजमा प्रहरीको गोली चल्दा एकको मृत्यु

Lahan Protest
प्रहरी दमनविरुद्ध लहानमा निकालएको मसाल जुलुस्। तस्बिर : सन्जय थारु

राजविराजमा अान्दोलनकारी मधेसी मोर्चा र सुरक्षाकर्मीबीचको झडपमा थप एकको ज्यान गएको छ। प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागि अाइतबार बेलुका दिलिप साहको मृत्यु भएको बताइएको छ। उनको टाउकोमा गोली लागेको थियो। उपचारको लागि धरान लैंजादै गर्दा बाटोमा साहको निधन भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले नागरिकन्युजलाइ जानकारी दिए।

शनिबार राति पनि प्रहरीको गोलीबाट दुई जनाको ज्यान गएको थियो। दुई जनाको ज्यान गएपछि स्थानीयहरु झनै आक्रोशित बनेका थिए। प्रशासनले लगाएको कर्फ्यू अवज्ञा गर्दै उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन्। आज पनि स्कर्टिङ गरिएका सवारीसाधन चल्न नदिने मोर्चाका नेताहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published.