थ्रिस्टार र जावलाखेल विजयी

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थि्रस्टार क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा थि्रस्टारले विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) लाई २–० गोलअन्तरले पराजित गर्‍यो। 
थ्रिस्टारका विदेशी खेलाडी फेमी जोस्वाले खेलको आठ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए। यस्तै थि्रस्टारकै अर्का खेलाडी विजय गुरुङले २०औँ मिनेटमा थप एक गोल गरेका थिए। यस जितसँगै थि्रस्टारले २२ अङ्क जोडेको छ भने एपिएफको नौ अङ्क छ।
सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दोस्रो खेलमा जाउलाखेल युथ क्लब विजयी भएको छ।
त्यस्तै जाउलाखेलले सरस्वती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको छ। जाउलाखेलको जितमा जुमा बेन्ली र राज पौडेलले एक एक गोल गरे। सो जितसँगै जाउलाखलले ११ अङ्क जोडेको छ भने सरस्वतीको ८ अङ्क छ। रासस

Leave a Reply

Your email address will not be published.