जियलाल चौधरी/बारा।
थारु कल्याणकारिणी सभा (थाकस)को ८औं जिल्ला अधिवेशनको उद्घाटसत्र सम्पन्न भएको छ। कोल्हबी-६ स्थित प्रसौना स्कुलको प्रांगणमा सम्पन्न उद्घाटन सत्रमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद उमाकान्त चौधरी प्रमुख अतिथि रहेका थिए। सांसद चौधरीले थारुको सामाजिक, राजनीतिक र साँस्कृतिक विकासका लागि राज्यले अहम भूमिका खेल्नुपर्ने बताए।
उ
नले थारु समुदाय विद्यमान कूरितीहरुलाई थारुहरु स्यवंले हटाउँदै लानुपर्ने बताए। त्यसका लागि सचेतनामूलक कार्यक्रम चलाउन उनले सरकारलाई आग्रह गरे।
थाकसका जिल्ला अध्यक्ष रामप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेकपाका प्रदेश सांसद त्रिलोकी चौधरीले, बारागढी गाउँपालिकाका प्रमुख देवद्त बछार थारु, करैयामाई गाउँपालिकाका प्रमुख भुनेश्वर धामी थारु, कोल्हबी नगरपालिकाकी उपमेयर सुनैनादेवी चौधरीलगायतले थारु जातिको उत्थानका लागि राज्यले सोच्नुपर्ने बताएका थिए।
मंगलबारसम्म चल्ने बन्दसत्रमा सर्वसहमतिबाट नयाँ कार्यसमिति चयन गराउने पहल भइरहेको बताइएको छ।
