थाकस रुपन्देहीको अध्यक्षमा सतिष कुमार चौधरी चयन

कमल चौधरी, बुटवल ।
थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीको ९औं जिल्ला अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सैनामैना नगरपालिकाको ‘थारु होमस्टे’मा सोमबार सम्पन्न अधिवेशनबाट सतिष कुमार चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
जसको सदस्यहरुमा करम चन्द चौधरी, सत्य नारायण थारु, चन्द्रभान चौधरी थारु, केशव प्रसाद थारु, बुद्धिराम थारु, राम प्यारे थारु, प्रकाश सिंह थारु, सरिता थारु, लक्ष्मी थारु र प्रेम कुमारी थारु सर्वसहमतिले चयन भएका हुन् । त्यस्तै केन्द्रीय प्रतिनिधिको रुपमा देवीप्रसाद चौधरी, रामवली चौधरी, खुसीराम चौधरी, पुनम चौधरीलागयत चयन भए ।

कार्यक्रमको पूर्वसंध्यमा बोल्दै प्रदेश नं. ५ का प्रदेश सदस्य पुष्पा चौधरीले थारु समुदायको अधिकार र पहिचानको लागि थारुहरु एक जुट हुनुको विकल्प नरहेको बताइन् । उनले थारु समुदायबीच एक जुट हुन नसक्दा हामीहरु समाजिक तथा संस्कृतिक रुपलेपछि परेको बताइन् ।

नव निर्वाचित पदधिकारीहरुलाई शुभाकामना दिँदै उनले थारु समुदायको भाषा, धर्म र संस्कृति संरक्षण गर्न नव निर्वाचित कार्य समितिले सम्पूर्ण समाजसेवी, राजनीतिज्ञ, पत्रकार, थारु अगुवाहरुलाई एकतावद्ध गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

Leave a Reply

Your email address will not be published.