माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संविधान संशोधन फेल कसका कारण भयो भन्ने नेपाली जनताले राम्रोसँग बुझेको बताएका छन्। आज रेडियो नागरिकसँग कुराकानी गर्दै उनले एमालेले नै विपक्षमा भोट गरेका कारण संशोधन विधेयक फेल भएको प्रष्ट पारे। दुई नम्बर प्रदेशको चुनावमा नेपाली जनताले यो कुरा राम्रोसँग बुझ्नपर्ने उनले बताए। ‘उत्पीडन थारु, मधेसी, मुस्लिमहरुको अधिकार खोस्ने काम कसले गर्यो? संविधान संशोधन विधेयक फेला गराउने काम कसले गर्यो नेपाली जनताले यो कुरा राम्रोसँग बुझ्नपर्छ,’ उनले भने।
संशोधन विधेयक फेल एमालेका कारण भयो, त्यो कुरा उत्पीडनमा परेका जनताले बुझ्नुपर्छ : मोदी
