२२औं स्थापना दिवसमा विद्यार्थी समाजद्वारा विद्यार्थीलाई सम्मान [फोटो फिचर]

थारु विद्यार्थी समाजले २२औं स्थापना दिवस मनाएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो। स्थापना दिवसकै अवसर पारेर समाजले एसइइमा उत्कृष्ट नतीजा ल्याएका विद्यार्थीहरुलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरेको छ। युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी र पर्यटन तथा उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीले संयुक्तरुपमा विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेका थिए।

उनीहरुले सम्मानित विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै पढाईमा विशेष लगाव राख्न सुझाव दिएका थिए। कार्यक्रममा लेखनको माध्यमबाट समुदायलाई योगदान पुर्‍याएको भन्दै कैलालीका थारु नागरिक समाजका अगुवा दिलबहादुर चौधरीलाई सम्मान गरिएको थियो।

हेनुस् केही तस्बिर।

Leave a Reply

Your email address will not be published.