२०४६ सालदेखि काठमाडौंबाट प्रकाशन भइरहेको थारू भाषाको बार्षिक पत्रिका विहानले थारू साहित्यिक तथा अनुसन्न्धानमूलक रचना पठाउन आह्वान गरेको छ। प्रत्येक वर्ष दशैंको अवसरमा विहान प्रकाशित हुन्छ।विहानका प्रधान सम्पादक कृष्णराज सर्वहारीले रचना २५ भदौसम्म पठाइ सक्न आह्वान गरेका छन्। साथै, युनिक नेपालले आयोजना गरेको कथा, निवन्ध, कविता प्रतियोगिताका लागि १४ भदौसम्म रचना पठाउन पनि उहाँले जानकारी दिनु भएको छ। दुवै प्रयोजनका लागि ksarbahari@gmail.com मा रचना पठाउन सकिने छ।
विहानले माँगर, लोककथा, कथा, अष्टिम्की, सजना लगायत विशेषांक प्रकाशित गरेको छ। धनगढीको पहुरा दैनिक, हरचाली त्रैमासिक, दाङदेउखुरीको लौव अग्रासन साप्ताहिक, लावा डग्गर त्रैमासिकबाहेक थारू भाषाका प्रायः पत्रिका अनियमित छन्।
