अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्रफीको ‘साहसी वर्ष व्यक्ति’ घोषित

नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । यो अवार्डका लागि विश्वभरका साहसी खेलसँग आवद्ध मध्ये १० जना मनोनयनमा परेका थिए । अनलाइन भोटिङका आधारमा मीरा विजयी भएकी हुन् । भोजपुरकी मीराले दुई बर्षदेखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निक्कै सफलता पाएकी छिन् ।

पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ बर्षीय मीरा तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन् । शान्ति सम्झौतापछि सेनामा अयोग्य बनेकी उनी विदेश जाने योजनामा काठमाडौं आएकी थिइन् । तर, कराते प्रशिक्षक ध्रुवबिक्रम मल्लको सम्पर्कमा पुगेपछि मलेसियाको भिसा रद्ध गरेर खेल क्षेत्रमा लाग्ने प्रण गरिन् । काठमाडौं वरपर शिवपुरी जंगलको ट्रेलबाट अल्ट्रा रनिङ सुरु गरेकी उनले सन् २०१५ मा हङकङ, स्पेन, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा अल्ट्रा दौडमा सहभागी भई सफलता हासिल गरेकी छन् ।

सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि निक्कै चर्चित बनेकी राई अल्ट्रारनरको विश्व बरियतामा दोस्रो स्थानमा आइन् । दुई महिनाअघि इटलीमै दौडका क्रममा चोटग्रस्त बनेकी उनी एसिएल इन्ज्युरीको उपचारपछि पुनः ट्रेलमा फर्कन संघर्षरत छन् ।

Leave a Reply

Your email address will not be published.