सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन्र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री केसीले आज रातमाटेको महादेव बहुमुखी क्याम्पसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मधेसकेन्द्रित दलले राखेका सबै माग जायज नभएकाले सबै माग पूरा नहुने बताए। मन्त्री केसीले भने( “तिनको सही माग राज्यले सम्बोधन गर्नुपर्छ, तर नाजायज माग पूरा हुनै सक्दैन ।”
उनले अबको १८ महिनाभित्र तीन निर्वाचन गर्नुपर्ने बाध्यता राजनीतिक दलबीच रहेकाले सबै दल मिलेर सही बाटोको खोजी गर्नुपर्नेमा जोड दिँदै स्थानीय निकाय पुनःसंरचनाका विषयमा सरकारले नौ सय २७ इलाकालाई आधार बनाएको जानकारी दिए।
कार्यक्रममा सांसद तथा काङ्ग्रेस नुवाकोटका सभापति जगदिीश्वरनरसिंह केसीले स्थानीय निकायको पुनःसंरचनाको सिफारिस गर्दा १३ मात्रै गरिएकामा काङ्ग्रेसले १५ देखि १८ वटा स्थानीय निकाय हुनुपर्ने माग राखेको बताए। रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर