संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसी मोर्चासमेत सहभागी भएको संघीय गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेको छ। शनिबार विरोध प्रदर्शन गरेको २९ दलीय गठबन्धनले आइतबार सिंहदरवारका विभिन्न नाकामा धर्ना दिएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माइतघर मन्डलामा नेतृत्व सम्हालिरहेका छन् भने राजेन्द्र महतोलगायतका नेताहरुले हनुमानस्थान नाकाको विजुलबजारस्थित पुलमा धर्ना दिइरहेका छन्।
भिडियो हेर्नुस्
मधेसी, थारु र जनजातिहरुको उपस्थिति रहेको धर्ना कार्यक्रममा प्रहरी र आन्दोलनकारीबीच केहीबेर घम्साघम्सी भयो। पहिचानवादी नारा लगाउँदै निषेधित क्षेत्र तोड्ने प्रयास गरेका आन्दोलनकारीलाई प्रहरीले ठेलेर पुरनाै ठाउँमा पुर्याएका थिए। केही आन्दोलनकारीले लठ्ठी फालेर प्रहरीलाई हिर्काए पनि प्रहरी साम्य भएर बस्यो।
भिडियो हेर्नुस्