राष्ट्रिय विकास परिषदको सदस्यमा शान्ता चौधरी नियुक्त

नेकपा एमालेका पूर्वसभासद शान्ता चौधरी नेपाल सरकारको राष्ट्रिय विकास परिषद्को सदस्यमा नियुक्त भएकी छन्। हालै सरकारले चौधरीलाई परिषद्को सदस्यमा नियुक्त गरेको हो। उनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले परिषद्को सदस्यमा आफूलाई नियुक्त गरेको उल्लेख गरेकी छन्।

उनले परिषद्ले आगामी चौधौ आवधिक योजना खाका बनाएर पारित गर्ने बताएकी छन्। आवधिक योजनाका लागि परिषद्ले छलफललाई तिव्रता दिएको छ। नवनियुक्त सदस्य चौधरीले योजनाको खाका तयार गर्नका लागि विभिन्न सरोकारवाला पक्षसँग छलफल जारी रहेको र छलफलबाट प्राप्त सुझाव, सल्लाहका आधारमा बनाइने योजनाको खाका परिषद्को बैठकबाट पास हुने जानकारी दिइन्।

‘नेपाल सरकारले राष्ट्रिय विकास परिषद्को सदस्यमा नियुक्त गरेकोमा सरकार प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यो परिषद्ले आगामी आवधिक योजना चौधौ योजनाको खाका पारित गर्नेछ। आज र भोलि यसको बैठक भैसकेपछि सायद मेरो भूमिका पनि सकिनेछ,’ उनले फेसबुकमा लेखेकी छन्।

Leave a Reply

Your email address will not be published.