महिला फुटबलमा नेपाल भारतसँग ४ गोलले पराजित

keti

१२औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा नेपालले भारतसँग फराकिलो हार व्यहोरेको छ । हारसँगै स्वर्ण जित्ने नेपालको सपना अधुरै रह्यो र रजतमा चित्त बुझाएको छ ।
समूह चरणमा गोलरहित बराबरी खेलेकाले फाइनल भिडन्त पनि प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर, नेपालले भारतसामू ४-० को फराकिलो हार व्यहोरेको छ ।
जवाहरलाल नेहरु स्टेडियम सिलाङमा भएको खेलमा भारतले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा तीन गोल थप्यो ।

Leave a Reply

Your email address will not be published.