भारतलाई हराउँदै नेपाल २३ वर्षपछि साग फुटबलको च्याम्पियन

football NEpal

नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ । गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालका लागि नवयुग श्रेष्ठ र प्रकाश बुढाथोकीले दोस्रो हाफमा गोल गरे ।

दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५ औं मिनेटमा गोल गरे । पहिलो हाफको ३५ औं मिनेटमा हरिचरण नर्जरीले गोल गरि भारतले अग्रता लिएको थियो ।

पहिलो हाफसम्म गोलरहीत अवस्थामा रहेको नेपालले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो । नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई हराएको थियो । यस्तै भारतले अर्को सेमिफाइनलमा बंगलादेशलाई पन्छाएको थियो ।

Leave a Reply

Your email address will not be published.