पटनास्थित दानापुरमा एक अनौठो बिहेको घटना सार्वजनिक भएको छ । उक्त विवाह अनौठो यसकारण भयो की कुमारी आमाको बिहेमा अस्पतालका डाक्टर तथा नर्सहरु जन्ती बनेका छन् भने कुमारी आमाले जन्माएको शिशुले आफ्नै बाउआमाको बिहे देखेको छ अर्थात् बाउआमाको बिहेमा साक्षी बसेको छ ।
दानापुर अनुमण्डलीय अस्पतालमा भर्ना भएकी पटना निवासी प्रियंकाले अस्पतालमा छोरा जन्माइन् । प्रियंकाको बिवाह भएकै थिएन, तर उनको बच्चा जन्मिसकेको थियो । प्रियंकाले रुँदै अस्पतालका नर्सहरुसँग आफ्नो प्रेमको कहानी सुनाइन् र आफ्नो प्रेमीसँगको सम्बन्धबाट गर्भ रहेको खुलासा गरिन् । त्यसपछि नर्सले प्रियंकाका प्रेमी राहुल कुमारलाई फोन गरेर उनकी प्रेमिका प्रियंकाले छोरा जन्माएको खबर सुनाइन् । राहुल पनि तत्कालै पटनास्थित अस्पतालमा पुगे र आफ्नी सुत्केरी प्रेमिका र नवजात बच्चालाई भेटे ।
यस बारेमा प्रियंका र राहुल दुबैका परिवारजनलाई जानकारी दिइयो । अस्पताल प्रशासनले पि्रयंका र राहुलको औपचारिक बिहे गरिदिने सोँच बनायो । सुरुमा दुबैका अभिभावकले यो सम्बन्ध तथा बिहे अस्विकार गरे । बाउआमाले अस्विकार गरेपछि उनीहरु दुबैका हजुरआमाहरुले स्विकृति दिएपछि अस्पताल प्रशासनले नजिकैको मन्दिरमा लगेर पि्रयंका र राहुलको बिहे गरिदियो विधि विधान पूर्वक ।
उक्त विवाह समारोहमा जन्तीको रुपमा अस्पतालका चिकित्सकहरु, जिल्लास्थित नेताहरु लगायतका कतिपय गन्यमान्य मानिसहरु समेत उपस्थित भए । विवाहपछि प्रियंकालाई लिएर राहुल आफ्नो घर गएका छन् । दुबैजनाले सँगै जिउने, सँगै मर्ने कसम खाएका छन् ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर