मालबाहक ट्रकमा आगजनी, दर्जन सवारीसाधन तोडफोड

truck

धनुषा जिल्लाको ढल्केबरमा आन्दोलनकारीले एउटा मालवाहक ट्रकमा आज आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आन्दोलनकारीले ना५ख ९०२५ नंको मालवाहक ट्रकमा आगजनी गर्दा ट्रकसहित त्यसमा रहेको रु ११ लाख बराबरको कपडा जलेको छ ।

हेटौँडाका प्रहरी अतिरिक्त आयुक्त देवेन्द्र सुवेदीको नेतृत्वमा सुरक्षा दिई गइरहेका सवारीसाधनमध्ये करिब एक दर्जनभन्दा अधिक सवारीसाधनलाई समेत आन्दोलनकारीले तोडफोड गरेको जनाइएको छ। रासस

Leave a Reply

Your email address will not be published.