थारु-मधेसीको मागमा मेरो समर्थन छ : बाबुराम भट्टराई

Baburam Bhattaraiएकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तराई मधेसका आन्दोलनकारीहरुको मागप्रति आफ्नो समर्थन रहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्-‘हाम्रो पार्टीले संविधानसभामा दर्ज गरेको भिन्न मत र असहमतिसँग आन्दोलनकारीहरुका धेरै मागहरु मिल्दाजुल्दा रहेकोले तीप्रति आफ्नो समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछु ।’

भट्टराईले आन्दोलनमा जनधनको क्षति हुन नदिइ सार्थक वार्ताको वातावरण बनाउन तत्काल तनाव शिथिलीकरणको पहल गर्न सरकारलाई आग्रह गरेका छन् । राजनीतिक समस्याको समाधान बल प्रयोग र दमनबाट हुन नसक्ने भन्दै उनले वार्ताको थलनी गर्न दुबै पक्षलाई आग्रह गरेका छन् ।

संविधानलाई आवश्यकता अनुसार परिर्माजन र संशोधन गर्न सकिने भन्दै उनले भनेका छन्-सानो घाउको उपचार बेलैमा नभएमा त्यो दुःसाध्य रोग बन्न सक्छ । आधा जनसंख्या बसोबास गर्ने तराई-मधेस जलिरहँदा पहाड-हिमाल चैनले सुत्न सक्दैन र हुँदैन ।’

साथै उनले आफ्नो घरको समस्या समाधान गर्न नसकेने छिमेकीलाई तान्ने र तानिवे परिस्थिति बनाउन नहुने बताएका छन् । उनले भने-छिमेकीले पनि अर्काको घर झगडामा अनावश्यक ढंगले हात हाल्नु उपयुक्त हुँदैन । घरभित्रको झगडा र असन्तोष निवारण गर्ने मुख्य जिम्मेवारी घरमुली र अभिभावकहरु कै हो ।’

Baburam-PressStatement

Leave a Reply

Your email address will not be published.