पूर्व प्रमुखहरुले नागेन्द्र र पेम्बाको राजीनामा मागे

Janajati

नेपाल आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरुले अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटेको राजीनामा माग गरेका छन् ।  पूर्व अध्यक्ष तथा महासचिवहरुले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर कुमाल र भेटेले जनजातिलाई धोका दिएको आरोप लगाएका छन् । 

‘आदिवासी जनजातिका अधिकारहरु पूर्ण रुपमा खोसिएको संविधानमा पनि महासंघका अध्यक्ष र महासचिवले हस्ताक्षर गर आदिवासी जनजातिहरुलाई धोका दिएकाले उनीहरुले नैतिकताको आधारमा महासंघको पदीय जिम्मेवारीबाट तत्काल राजीनामा दिनुपर्छ’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा जनजाति महासंघका पूर्व महासचिव सुरेश आले मगर, परशुराम तामाङ, ओम गुरुङ तथा पूर्व अध्यक्ष पासाङ शेर्पा र राजकुमार लेखीको हस्ताक्षर गरेका छन्। पूर्व महासचिव बालकृष्ण माबुहाङको भने हस्ताक्षर छैन।

जनजाति महासंघका पूर्व प्रमुखहरुले आदिवासी जनजातिका अधिकारहरुलाई सम्बोधना नगरिएको भन्दै संविधान अस्वीकार गर्ने बताएका छन् । साथै पहिचानका लागि भइरहेको आन्दोलनप्रति समर्थन समेत जनाएका छन्

Leave a Reply

Your email address will not be published.