महोत्तरीमा प्रहरीको गोली लागेर रोहन चौधरीसहित तीनको मृत्यु

birgunj-aandolanमहोत्तरीको जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका ७ का रोहन चौधरी, १४ का मुसवा कापर र जलेश्वर ५ का रामविवेक यादव छन्। प्रदर्शनकारीले जिल्ला अदालतमा आगजनी गर्न लागेपछि सरकारी सम्पत्ति जोगाउने क्रममा बल प्रयोग गर्नुपरेको प्रशासनको भनाइ छ।

दिउँसो २ बजेदेखि जलेश्वरमा विभिन्न ठाउँबाट मानिसहरुको भीड एक्कासी भेला हुन थालेको थियो। स्थानीय महेन्द्र चोकमा भेला भएको भीडमा मधेसी मोर्चाका नेताहरुले सम्बोधन गर्ने तयारी गरिरहेका थिए। त्यहीबेला उत्तरतर्फ तैनाथ रहेका प्रहरीमाथि केही व्यक्तिले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त भएको थियो।

सुरुमा स्थानीय नेताहरुले प्रहरीसँग छलफल गरेर स्थितिलाई साम्य पार्न प्रयास गरेका थिए। त्यसक्रममा ढुंगा हान्ने केही व्यक्तिलाई प्रहरीले पक्राऊ समेत गरेको थियो।

Leave a Reply

Your email address will not be published.