नाइटिङ्गेललाई उत्कृष्ट विद्यालयको अवार्ड

Nightingel School

ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल इन्टरनेशनल स्कुलले उत्कृष्ट विद्यालयको अवार्ड जितेको छ। ३६औं शिक्षा दिवसको अवसरमा स्कुलले अवार्डसँगै दुई लाख नगद र राष्ट्रिय शिल्ड, ध्वजा, प्रमाणपत्र पाएको हो। शिक्षा मन्त्रालयद्वारा आयोजित समारोहमा शिक्षामन्त्रीले चित्रलेखा यादवको हातबाट सो अवार्ड स्कुलका प्रिन्सिपल तेजुलाल चौधरीले ग्रहण गरेका थिए।

नाइटिङ्गेलले यसअघि लगातार दुई पटक क्षेत्रीय तहमा उत्कृष्ट अवार्ड पाएको थियो। आफ्नो विद्यालयले उत्कृष्ट अवार्ड पाएकोमा खुसी ब्यक्त गर्दै प्रिन्सिपल चौधरीले जिम्मेवारी थपेको र आगामी दिनमा पनि यस्ता अवार्डका साथै बालबालिकालाई असल, दक्ष र योग्य नागरिक बनाउने कार्यमा लाग्न अहोरात्र खट्ने बताए। त्यस्तै प्रशासन प्रमुख रञ्जना प्रधानले विद्यार्थी शिक्षक सबैको योगदानले सफलता हात परेको बताइन्।

Leave a Reply

Your email address will not be published.